२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

डा.सीके राउत र एनआरएमएका पदाधिकारीबिच भेटवार्ता

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

जनकपुरधाम ,१२ असार। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका पदाधिकारीबिच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो।

काठमाडौंस्थित रहेको जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा अध्यक्ष डा.राउतसंग गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन ठाकुरले भेटवार्ता गरी सँगठन विस्तारलाई तिव्रता दिएको हो ।

सो भेटवार्तामा पार्टीका आन्तरिक तथा बाहरी चुनौतिका बारेमा विस्तृत छलफल गर्नुका साथै पार्टीलाई सुदृढ बनाउन वडादेखि विदेशसम्म संगठनको पुनर्गठनलाई तीव्रता दिनु पर्ने अहिलेको आवश्यकता औल्याउँदै सँगठन विस्तार गर्न जोड दिएको हो ।

पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताका लागि तालिम कार्यक्रमलाई निरन्तरता दिने पार्टीका पदाधिकारी, नेतागण तथा कार्यकर्तालाई अनुसाशनको दायरा भित्र ल्याउने जस्तो कार्यक्रममाथि छलफल भएको हो ।

गैर–आवासीय मधेशी संघले पार्टीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनमा यी एजेण्डामा ध्यान दिन गैर–आवासीय मधेशी संघका पदाधिकारीहरुलाई डा. राउतले निर्देशन दिएका हुन ।

एनआरएमए जनमत पार्टीको विदेश विभाग संगठन हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]