१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

डा.सीके राउत र एनआरएमएका पदाधिकारीबिच भेटवार्ता

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

जनकपुरधाम ,१२ असार। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका पदाधिकारीबिच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो।

काठमाडौंस्थित रहेको जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा अध्यक्ष डा.राउतसंग गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन ठाकुरले भेटवार्ता गरी सँगठन विस्तारलाई तिव्रता दिएको हो ।

सो भेटवार्तामा पार्टीका आन्तरिक तथा बाहरी चुनौतिका बारेमा विस्तृत छलफल गर्नुका साथै पार्टीलाई सुदृढ बनाउन वडादेखि विदेशसम्म संगठनको पुनर्गठनलाई तीव्रता दिनु पर्ने अहिलेको आवश्यकता औल्याउँदै सँगठन विस्तार गर्न जोड दिएको हो ।

पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताका लागि तालिम कार्यक्रमलाई निरन्तरता दिने पार्टीका पदाधिकारी, नेतागण तथा कार्यकर्तालाई अनुसाशनको दायरा भित्र ल्याउने जस्तो कार्यक्रममाथि छलफल भएको हो ।

गैर–आवासीय मधेशी संघले पार्टीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनमा यी एजेण्डामा ध्यान दिन गैर–आवासीय मधेशी संघका पदाधिकारीहरुलाई डा. राउतले निर्देशन दिएका हुन ।

एनआरएमए जनमत पार्टीको विदेश विभाग संगठन हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]