२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयाेगका पूर्वआयुक्त शाह पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

काठमाडौँ,१२ असार। बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलवार काठमाण्डाैबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शाहलाई पक्राउ गरिएको ब्युरो प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यले जानकारी दिनुभयो ।

शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यसै प्रकरणमा आजै शाहसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]