१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मिर्चैयामा सुरक्षा गार्डको निर्मम हत्या

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

सिराह,१२ असार । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ ।

मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयवाट कुकुरसहितको विशेष प्रहरी टोली परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताएका छन् ।

सुरक्षागार्डले खानेपानी टंयाकीको सुरक्षासँगै खानेपानी खोल्ने र बन्द गर्ने काम गर्दै आएको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अजय साहले घटनाको सूक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]