०९ पुष २०८२, बिहिबार
25-12-2025 , Thu
×

सिडियो विरुद्ध जनकपुरमा विद्यार्थीहरुको प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

जनकपुरधाम, १५ असार ।धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल विरूद्ध विद्यार्थीहरूले जनकपुरधाममा शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन ।

जिल्लाको औरही गाँउपालिका झिटकहियास्थित रामजानकी माध्यमिक विद्यालयको शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले आन्दोलनमा होमिएको हुन् ।

‘भ्रष्ट प्रमुख जिल्ला अधिकारी राजिनामा देउ, सिडियो साहेब मुर्दावाद,भ्रष्ट शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मुर्दावाद, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुर्दावाद, नैतिक पतन शिक्षक बद्री नारायण यादव मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद, प्र.अ मदन सर ‘जिन्दावाद’ को नाराहरू लगाउदैँ विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गर्दै सिडियो कार्यलय घेराउ गरेका हुन ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीहरुले नैतिक पतन भएका शिक्षक बद्री नारायण यादवलाई हाम्रो विद्यालयमा पठाएकोले उनले यस्ता नैतिक पतन भएका शिक्षक हामीहरुलाई नचाहिने बताए । जर्जर अवस्थामा पुगेको विद्यालयलाई सुधार गरेको मदन सर नै आफूहरुलाई चाहिने उनीहरूले बताए ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने,-‘हामीहरुको भविष्य बनाउने शिक्षक मदन सरलाई अनेकौं जालझेल गरेर हटाउने खेलमा स्थानीय केही नेताहरु लागेका छन् । त्यो हामीलाई कदापी बर्दास्त हुदैन । विद्यालयमा राजनीति होईन, पढाई हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]