२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

बैंक खाताबाट ९ लाख चोरी गरेको आरोपमा ७ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

रौतहट ,१५ असार । रौतहटमा बैंक खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा सातजना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाँउपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास रहेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

उनीहरुले बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट गत जेठ ५ गते गैरकानुनी ढंगबाट ९ लाख ट्रान्सफर गरेका थिए । यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरूले पीडित व्यक्तिको बैंक खातामा पहुँच पुर्‍याएर विभिन्न व्यक्तिको खातामा अनधिकृत रुपमा रकम ट्रान्सफर गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]