११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जनकनन्दिनी गाउँपालिका : उपाध्यक्षको भतिजलाई ठेक्का, निर्माण सम्पन्न नहुदै भत्कियो पर्खाल

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

जनकपुरधाम, १६ असार। धनुषाको एक पालिकाले पोखरीमा निर्माण गरिरहेको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ मा निर्माणाधीन पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको हो ।

जनकनन्दिनी गाउँपालिकाले उपाध्यक्ष कमला सहगललाई दिएको योजनाको ठेक्का उपाध्यक्ष सहगलले आफ्नो भतिजा नीरज सहगललाई दिएका थिए ।

जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा गाउँपालिका उपाध्यक्षको भतिजा सहगलले ठेक्का पाएको पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएपछि चौतर्फी आलोचना हुन थालेको छ ।

खजुरी बजारको पश्चिम पट्टी रहेको पोखरीको पर्खाल निर्माण कार्यका लागि १० लाख रुपैयाँ बजेट रहेपनि निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको स्थानीयहरुको गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]