२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जनकनन्दिनी गाउँपालिका : उपाध्यक्षको भतिजलाई ठेक्का, निर्माण सम्पन्न नहुदै भत्कियो पर्खाल

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

जनकपुरधाम, १६ असार। धनुषाको एक पालिकाले पोखरीमा निर्माण गरिरहेको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ मा निर्माणाधीन पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको हो ।

जनकनन्दिनी गाउँपालिकाले उपाध्यक्ष कमला सहगललाई दिएको योजनाको ठेक्का उपाध्यक्ष सहगलले आफ्नो भतिजा नीरज सहगललाई दिएका थिए ।

जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा गाउँपालिका उपाध्यक्षको भतिजा सहगलले ठेक्का पाएको पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएपछि चौतर्फी आलोचना हुन थालेको छ ।

खजुरी बजारको पश्चिम पट्टी रहेको पोखरीको पर्खाल निर्माण कार्यका लागि १० लाख रुपैयाँ बजेट रहेपनि निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको स्थानीयहरुको गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]