२७ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
×

मधेश प्रदेश : आमा-छोरी मृत भेटिए, दाइजोको निहुँ हत्या गरेको आरोप

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

रौतहट ,१६ असार।रौतहटको मौलापुरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्।

मृत बालिकाको लास पङ्खामा झुन्डयाइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढीमा फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

उक्त घटना हत्या वा आत्महत्या हो यकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन्।

माधव नारायण नगरपालिका-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उनले बताए।

छोरी र ज्वाइँबीच पटक-पटक विवाद भइरहेको र मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको उनले बताए। उनका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटकपटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेको बताए।

उनले छोरीले आत्महत्या नगरेको र ज्वाईं र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]