१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

भट्टराई नेतृत्वको नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

काठमाडौं,१७ असार। नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ।

अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ।

सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ। यो समितिले संगठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ।

गत असार १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान चलाउने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]