०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

साउदी : गैर आवासीय मधेशी संघको चौथो महाधिवेशन सम्पन्न,अध्यक्षमा बुधेश्वर

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

जनकपुरधाम,१७ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाको चौथो महाधिवेशन सम्पन्न भएको छ।

बिहिवार सम्पन्न चौथो महाधिवेशनबाट बुधेश्वर महराको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।सह-अध्यक्षमा नन्दकिशोर मण्डल (मोहित ) रहेको छ।

महाधिवेशनमा सहभागीहरुको दृश्य

एनआरएमए साउदी शाखाको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद यादव ,उपाध्यक्षहरुमा अशोक दास,सन्तोष कापर,गुणेश्वर यादव,शत्रुधन शाह,राम ईश्वर मण्डल ,जनार्दन यादव ,बुधन शाह र जय कुमार यादवसहित उपाध्यक्षमा चयन भएको हो।त्यसैगरी समितिको महासचिवमा बिरछ दास ,सचिवमा पवन यादव र गौतम महतो ,सहसचिवमा राकेश कुमार सदा,रामबाबु महतो,रामेश्वर शाह तेलि,चनेश्वर महतो,गोपाल मण्डल ,बिनोद शाह रहेका छ्न। त्यसैगरी ,कोषाध्यक्षमा मनिक लाल महरा र सहकोषाध्यक्षमा पप्पु कुमार यादव सर्वसहमतीबाट चयन भएको हो।

कार्यसमितिको प्रवक्तामा अशोक महतो,मिडिया संयोजकमा रबि मण्डल ,मिडिया सहसंयोजकमा निशान महतो र जितेन्द्र यादव रहेका छ्न।त्यसैगरी कार्यकारी सदस्यहरुमा रामकुमार यादव ,शत्रुधन यादव,राम ईश्वर शाह,शिव कुमार महतो,ईशमाईल राइन,प्रमोद यादव र दिलिप शाह रहेका छ्न।केन्द्रिय सदस्यमा रामबली ठाकुर,राजनारायण पन्डित,लक्ष्मण दास,अमरदेव यादव,मनोज कुमार राम,लाल बाबू महतो,मेहन्दी हुसेन ,अनिल यादव,दिवेश यादव,राम लाल यादव,बिजय मन्डल,पुनित पासमान,मनोज कुमार शाह,राजेश्वर मण्डल र बेचन यादव रहेका हुन।

त्यसैगरी ,वरिष्ठ सल्लाहकारमा अशोक साह रहेका छ्न।अन्य सल्लाहकारमा अनुशासन बिभाग प्रमुख उपेन्द्र यादव (अधिकारी),श्याम सुन्दर शाह,अब्दुल सलाम अन्सारी ,रमेश ठाकुर र राज किशोर शर्मा रहेका छ्न।

नवगठित कार्यसमितिलाई एनआरएमएका संस्थापक अध्यक्षसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अनलाइन बैठकमार्फत बधाई तथा अगामी कार्यकालको सफलताको शुभकामना दिएका छ्न।

नवगठित कार्यसमितिको पदाधिकारीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत बधाई तथा शुभकामना दिदै।

उक्त अनलाई बैठकमा एनआरएमएका पुर्व अन्तर्राष्ट्रिय अध्यक्ष तथा जन्मत पार्टीका राष्ट्रिय उपाध्यक्ष र मधेश सरकार निवर्तमान कृषिमन्त्री ई.वसन्त कुशवाहा,राज्यमन्त्री संजय यादव,जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साह,संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह,महासचिव डा.श्यामबाबु महतोसहितका विशिष्ट व्यक्तित्वहरुले नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]