२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

विहे गरेकाे ६ घण्टापछि बेहुलीकाे निधन

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

नवाड,१९ असार। बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ। विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो। यो घटना बिहारको नवादा जिल्लाको हो।

बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जिल्लाको काउकोल थानाको महापुर गाउँमा भएको घटनाले इलाकाका सबैलाई दुखी बनाएको हो। समाचार अनुसार महापुर गाउँमा विवाह भएको पाँच छ घण्टा नबित्दै नवविवाहित युवतीको मृत्यु भएको छ।

महापुर गाउँका सुबोध मिस्त्रीका छोरा रोहित शर्माको झारखण्ड राज्यअन्तर्गत कोडरमाको लालगढ गाउँकी युवतीसँग नवादाको शोभनाथ मन्दिरमा विवाह भइरहेको थियो। जहाँ विवाह समारोहकै क्रममा युवती बेहोस भइन्। त्यसपछि कुनै न कुनै प्रकारले विवाह समारोह सकिएपछि शुक्रबार साँझ करिब ७ बजे नवविवाहित जोडी महापुर गाउँमा आएका थिए।

घर ल्याए पछि फेरी दुलही बेहोस भइन । यसपछि आफन्तले हतारमा नवविवाहित युवतीलाई नजिकैको अलीगञ्ज बजारमा रहेको निजी क्लिनिकमा लगे, जहाँबाट उनलाई नवादा रिफर गरियो तर नवविवाहित महिलाको बाटोमै मृत्यु भयो । जसले सो गाउँलाई पुरै शोकमा पारिदियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]