१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कैलालीको सीमाबाट विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (खोनपुर) ले नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा उनले सुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए। तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो। के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय (हसुलिया) मा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]