०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

हुलाकी सडक निर्माण सुस्त गतिमा

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

कञ्चनपुर,२२ असार। कञ्चनपुरमा हुलाकी सडक निर्माण सुस्त बनेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको थपिएको म्याद पनि सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ ।

कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ ।

तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ । उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘यसअघि एक वर्ष म्याद थपिएको हो’, इन्जिनियर सुनारले भने, ‘यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ ।’ पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौँ पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ ।

सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए ।

‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ’, उनले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।’

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन । यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए ।

उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए । सो क्षेत्रमा भारतले बिजुलीका पोलसमेत गाड्न दिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]