१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

धनौजी गाउँपालिका : पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर काम गर्दै हाकिम

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

जनकपुरधाम, २३ असार ।आर्थिक वर्षको अन्त्यतिर धनुषाको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली तथा रवैयाका कारण सेवाग्राही तथा उपभोक्ताहरु मार्कामा परेका छन् ।

धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको कार्यशैली तथा अपरिपक्वताका कारण स्थानीय उपभोक्ता तथा सेवाग्राहीहरु समस्यामा परेका हुन ।

जसका कारण फेरी विवाद उत्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत यादवले हरेक काममा एकलौटी गर्न खोज्ने, स्थानीय उपभोक्ता र ठेकेदारले सम्पन्न गरेको कामको भुक्तानी नगर्ने तथा पालिका भन्दा बाहिरबाट आफ्नो नजिकका आसेपासे, आफ्न्त ठेकेदार बोलाई गरेको कामहरुको मात्रै भुक्तानी गर्ने गरेका छन् । जसका कारण स्थानीय सेवाग्राही तथा उपभोक्ताहरु समस्यामा परेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत यादवकै कार्यशैली तथा रवैयाका कारण त्यस पालिकामा पटक–पटक विवाद उत्पन्न हुने गरेका छ भने उनी माथी पटक–पटक हातपातको प्रयास हुने गरेको घटना बाहिरिने गरेका छ । हाकिम यादव कार्यालय आउँदा पनि बाहिरबाट सधैँ ४÷५ जना बाउन्सर लिएर आउने गरेको स्थानीयहरु बताउँछन् ।

उनीहरु भन्छन्,–‘हाकिम साबले आफ्नै गल्ती तथा रवैयाहरुका एक्लै कार्यालय आउन आँट गर्दैनन् ।’ सेवाग्राही, उपभोक्ता तथा जनप्रतिनिधि समेत सँग प्रमुख प्रशासकीय अधिकृत यादवले राम्रो व्यवहार नगर्ने गरेको तथा बोल्ने शैली समेत राम्रो नभएको स्थानीयहरु गुनासो गर्छन् ।

केही दिन अगाडी उपाध्यक्ष रामवती मण्डलसँग विवाद हुँदा जनकपुरतिरबाट २०÷२५ जना युवाहरु बोलाएर कार्यालयमा होहल्ला गर्न लगाएका थिए । पछि उनै युवाहरुले गाउँपालिकाको प्रत्येक वडामा ठेक्का पट्टाका कामहरु गर्दै आएको देखिएको थियो । गाउँपालिकाको वडा नं. २ मा ९ लाख को स्ट्रीट लाइट जडान गरिएको छ । जुन काम आफ्नै आफ्न्तबाट गर्न लगाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवको अनावश्यक सिन्डिकेटका कारण उक्त पालिकामा पटक–पटक विवाद सृजनाको अवस्था आउने गरेको नाम उल्लेख नगर्ने सर्तमा कर्मचारीहरु पनि बताउँछन् । उनले जुनियर कर्मचारीहरुलाई पनि पेल्ने गरेको, आफू अनुकुलको काम गर्न दबाब दिईरहेको तथा उनको अनुकुलको काम नगरेको खण्डमा शाखा नै परिवर्तन गरि अनावश्यक दुःख दिने जस्ता काम गरिरहेको उनीहरु बताउँछन् ।

गत आ.व.को बाँकी योजनाको भुक्तानी प्रक्रियाको पुर्नमूल्यांकनमा पनि प्रमुख प्रशासकीय अधिकृत यादवले सेटिङ्गमा प्राविधिकबाट अधिकांश योजनाको मूल्यांकन बढाउन लगाई भुक्तानी गरेका थिए । उक्त भुक्तानी भएका अधिकांश योजनाहरुको मुद्दा अख्तियारमा छन् ।

त्यस्तै अधिकांश कामहरुको सिन्डिकेट स्वरुप मिडियाको कामहरुमा पनि सिन्डिकेट लगाइएको पाइएको छ । सरकारी कार्यालयहरुबाट मिडियाहरुलाई समान हिसाबले सूचना तथा विज्ञापन उपलब्ध गराउनु पर्ने प्रावधान रहेपनि प्रमुख प्रशासकीय अधिकृत यादवले कमिसनको लोभमा पालिकाको सबैजसो सूचना तथा विज्ञापन जनकपुरको एक निजी मिडिया मार्फत मात्रै गरेको पाइएको छ ।

यसरी सूचना उपलब्ध गराउँदा वास्तविक बिलको तीनदेखि चार गुण्णासम्म बढाएर बिल बनाउने र सो वापत त्याहाँबाट यादवले ५० देखि ६० प्रतिशतसम्म कमिसन लिने गरेको स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवले चढ्ने गरेको गाडी उनको आफ्नै निजी भएपनि पालिकासँग अरुको नाममा सम्झौता गरि उनले दैनिक पाँच हजारको दरले भाडा बुझिरहेका छन् ।

त्यस्तै गाउँपलिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले चढ्ने बाहेक तीनवटा गाडी भाडामा लिई पालिकाको बजेटको अनावश्यक दुरुपयोग गरिरहेको छ । सरकारले एकातिर खर्चहरु कटौती गरि मितव्यीय बन्न निर्देशन दिईरहेको छ भने धनौजी गाउँपालिका अनावश्यक फजुल खर्च गर्नमै व्यस्त छन् ।

स्थानीय उपभोक्ताहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादवले योजना अनुगमन समितिका संयोजक समेत रहने गरेको गाउँपालिका उपाध्यक्षको सही तथा अनुगमन बिना नै आफ्नो नजिकका आसेपासे तथा आफ्न्त ठेकेदारको भुक्तानी गर्ने गरेका छन् भने अन्य योजनाको भुक्तानीमा बखेडा झिक्ने गरेका छन् । धेरैजसो वडाहरुमा सञ्चालित योजनामा वडा समितिको समेत सही बिना भुक्तानी भईसकेको छ भने केही योजनाको भुक्तानी हुने प्रक्रियामा छन् । असार २४ सम्म चालु आ.व.को भुक्तानी गरिसक्नुपर्ने समयसीमा सरकारले दिएको छ ।

स्थानीय एक उपभोक्ताका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादवले प्रक्रिया पुर्‍याउन तथा नामको लागि उपभोक्ता समिति बनाउने गरेका छन् । उपभोक्ता समिति बनाएर पछि उक्त योजनाको काम आफ्नो आफ्न्तहरुलाई बोलाएर गराउने गरेका छन् ।

नाम नछापिदिने सर्तमा एक जनप्रतिनिधिले भने,–‘हाकिमले प्रत्येक वडामा १५ देखि २० लाखसम्मको योजनाको काम बाहिरबाट बोलाएर आफ्नो आसेपासे तथा आफ्न्तहरुसँग गराएका छन् । हामीहरुले यसको विरोध गर्‍यौँ, तर हाकिमले उल्टै हामीहरुको भुक्तानी नगरिदिने भनेर धम्काउने गरेका छन् ।’

उक्त जनप्रतिनिधिले सानो भन्दा सानो काममा पनि प्रमुख प्रशासकीय अधिकृत यादवले कमिसन माग्ने गरेको र कमिसन नदिए चेक नै नदिने गरेको गुनासो गरे ।

यता,पालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवलाई यस सम्बन्धमा प्रतिक्रिया लिनको लागि पटकपटक फोन सम्पर्क गर्दा पनि उनिसंग सम्पर्क हुनसकेन्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]