१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मिटरब्याजपीडित फेरि धर्नामा

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

काठमाडौं,२५ असार। मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।

अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि हिँडेका थिए । पीडितले यससम्बन्धी कानुन छिटो पास गर्न माग गरेका छन् ।

संसद्को बैठक बस्न नसक्दा विधेयकलाई प्रतिस्पधापन गर्न बनेको विधेयक संसद्मा रोकिएको छ । सरकारले अध्यादेश जारी गरेको ६० दिनभित्र संसद्बाट प्रतिस्पधापन विधेयक पारित गरिसक्नु पर्ने भए पनि पछिल्लो दिन विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा अध्यादेश निष्क्रिय हुन पुगेको हो ।

कानुन नै निष्क्रिय भएपछि दबाब दिन आएका करिब एक हजार पीडितमा अधिकांश महिला, जेष्ठ नागरिक छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]