१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

कञ्चनपुर,२६ असार।कञ्चनपुरको कृष्णपुरमा रातको समयमा महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–१३ पिपरैया बस्ने अन्दाजी वर्ष २१ को दिपक चदारा र दोधारा चाँदनी–१ बस्ने वर्ष २२ को अर्जुन सुनार रहेका छन्।

यही असार २४ गते साँझ ७ बजेको समयमा कृष्णपुर नगरपलिका–२ पूर्व–पश्चिम राजमार्गमा सोही ठाउँकी वर्ष २१ की अनारकली चौधरी धान रोपी साइकलमा घरतर्फ मोबाइलको टर्च बाली आउँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले महिलालाई धक्का दिई रेडमी कम्पनीको मोबाइल लुटी फरार भएका थिए।

उनीहरुविरुद्ध चेक पोइन्ट थापी चेकजाँच गर्ने क्रममा उक्त घटनामा संलग्न रहेका उनीहरुलाई लुटिएको मोबाइल थान–१ ,खुकुरी थान–१ र मोटरसाइकल थान–१ सहित अस्थाई प्रहरी बिट भाँसीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]