११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कारबाही गर्न आमसंचार प्राधिकरणको माग

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

जनकपुरधाम,२७ असार । मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख संचारकर्मी सिबेन्द्र रोहितामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेलाई कारबाही गर्न प्रशासनलाई चौतर्फी दबाब परेको छ ।

सोमवार सांझ जनकपुरधामको भानु चोकमा पत्रकार रोहितामाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते रोहितालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ ।

धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादव चढ्ने बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी चढेर एक दर्जन भन्दा बढी जनाको समूहले पत्रकार रोहितामाथि आक्रमण गर्न पुगेका थिए ।

आक्रमणमा अधिकृत यादवका भाई सुट्टा भन्ने सुनिल अधिकारी,सोनु कर्ण,मिठ्ठुसमेतले पत्रकार रोहितामाथी सांघातिक आक्रमण गरि निर्घात कुटपिटबाट गम्भीर घाइते बनाएका थिए ।

पत्रकारमाथि आक्रमण भइरहँदा स्थानीयले प्रतिकार गर्दै आक्रमणकारीलाई लखेटेपछि उनीहरू स्कारपियो गाडी छाडेर भागेका थिए । अहिले गाडी प्रहरीको नियन्त्रणमा छ ।

गाउँपालिकामा भइरहेको अनियमितता विरुद्ध समाचार लेखेकै कारण अधिकृत यादवले आफूमाथि आक्रमण गर्न लगाएको पत्रकार रोहिताले बताएका छन् । उनले भने, ’समाचार डिलिट गर्न पटक पटक दवाव दिएको थियो । तर म नमानेपछि भानु चोकमा गुण्डा पठाएर मेरो ज्यानै लिन खोज्यो ।’

पत्रकार रोहितामाथि आक्रमण भएको कुरा बाहिर आएपछि मधेस सरकारको आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले आक्रमणकारी जोकोही भएपनि कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

समाचारमा चित्त नबुझे कानूनी बाटाहरु अवलम्वन गर्नुपर्नेमा यसरी ज्यानै जाने गरी निर्घात कुटपीट गरिनुले कानूनी राज्यको उपहास भएको ठहर प्राधिकरणका अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि बहानामा समाचार लेखेकै कारण कानून हातमा लिईनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै प्राधिकरणका अध्यक्ष यादवले घटनामा संलग्न अधिकृतका आफन्त लगायत गिरोहमा संलग्न जो कोहीलाई पनि अविलम्ब पक्राउ गरी हदैसम्मको कार्वाही गर्न सम्वद्ध निकायसँग जोडदार माग गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ’समाचार लेखेकै कारण कुनै पनि सञ्चारकर्मीमाथि धाकधम्की, आक्रमण लगायतका कुनै पनि हर्कत नदोहोर्याउन सम्वद्ध पक्षलाई सचेत गराउन चाहन्छौं । साथै मधेश प्रदेशका पत्रकारहरुको सुरक्षाप्रति सम्वेदनशील हुन सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]