०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

मनिपाल एक्सप्रेसन कार्यक्रम जुलाई २२ देखि हुने

Logo
प्रकाशित बुधबार, आषाढ २७, २०८०

काठमाडाैं,२७ असार। मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ‘२०२३’ गर्न लागेको छ। एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताए।

उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए। कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए।

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले दैनिकी काममा व्यस्त डाक्टरहरूलाई यो कार्यक्रमले जोड्न सफल हुने बताए। उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरू एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए।

अस्पतालका सिइओ अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए। कोभिडका कारण केही असहज भए पनि अब फेरि पुराना कार्यक्रमलाई सुचारु गर्न लागिएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]