११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

पत्रकार रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

काठमाडौं ,२८ असार।अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्।

असार २५ गते बेलुका धनुषाको भानुचोकमा पत्राकार शिवेन्द्रमाथी आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते उनको काठमाडौंमा उपचार भइरहेको छ।

आक्रमणमा संलग्नलाई कारबाही गर्न प्हरीले आनाकानी गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ।

यसअघि पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पनि प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार रोहितामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले घटनाका दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेकी छन्।

सिवेन्द्रले धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको रवैयाको बारे समाचार लेखेका थिए। सोही समाचारको विषयमा गाउँपालिकाकै गाडी प्रयोग गरेर आएका उनका आफन्तसहित गुण्डाको समूहले आक्रमण गरेको हो। आक्रमण अघि उक्त समुहले उनलाई धम्की समेत दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]