१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

चौरचन पर्व नजिकिएसँगै भाडोको व्यापार बढ्यो

Logo
प्रकाशित शनिबार, भाद्र १४, २०७६

जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ ।

तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ ।

चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् । यस वर्ष हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो ।

स्थानीयहरुले चौरचनको १ महिना अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ ।विगतमा ५ देखि १० रुपियाँमा पाइने ती माटाका भाडाहरु अहिले ५० देखि ८० रुपियाँसम्ममा र कुनै कुनै भाडो १ सय देखि २ सयसम्ममा बिक्रिवितरण भएको स्थानीयहरुले बताएका छन् । यसवर्ष यहाँको इतिहासमै सबभन्दा बढी महगोंमा माटोको भाडोको खरीदविक्रि भएको छ । चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् ।

उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।

चौरचनका लागि धनुषाको यदुकुवहा लगाइत सबैला,तिनकौरिया, लगमा,पुरन्दाहा, बिरेन्द्रबजार ,धनुषाधाम लगागतका स्थानीय हाटहरुमा माटाका भाडाहरु किन्ने स्थानीयहरु नजिकको बजारमा भिड लागने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]