१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

संवाद फाउण्डेशनको शाखा सप्तरीमा विस्तार, संयोजकको जिम्मेवारी रजकलाई

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

राजबिराज,३० असार । पत्रकार चन्दन रजकको नेतृत्वमा संवाद फाउण्डेशन सप्तरी जिल्ला समिति गठन गरिएको छ ।फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सप्तरीमा कार्यसमिति बिस्तार गरेको हो ।

रजकको संयोजकत्वमा गठीत सप्तरी जिल्लाको सहसंयोजकको जिम्मेवारी रजेश यादव प्राप्त गरेका छन् । सदस्य सचिवमा रेमत मंडल चयन हुँदा सदस्यहरुमा बब्लु रजक, राधे श्याम यादव ,सुरेश मुखिया,धिरज यादव,लखन यादव,सुरेश साह,सतिश रजक,अर्जुन मंडल , सीता यादव लगायत सदस्यहरु रहेका छन् ।

नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सप्तरी जिल्लाको संयोजकको जिम्मेवारी पाएका रजकले आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]