१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कोशी किनारमा युवतीहरूबीच ‘ग्याङ फाइट’ ३ युवतीमाथि निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

सुनसरी ,१ श्रावण। सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गर्दै ग्याङ फाइट भएको थियो । फोन गरेर नै बोलाएर योजनाबद्ध कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ५ जनाले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाइ खानेहरू चिनजानकै व्यक्ति हुन् । यस्तै कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरी प्रहरीले जनाएको । अन्य चार जनाको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]