१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सप्तरीमा नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जना प्रहरीको फन्दामा

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

राजविराज ,२ श्रावण । सप्तरीको कञ्चनरुप-१२ की एक नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश पोख्रल, दिपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मा छन्।

उनीहरुले नाबालिगलाई डरधम्की देखाउँदै असार २९ जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन्।

उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिपाउँ भनी पीडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा सोमबार लिखित जाहेरी दिएपछि घटनामा संलग्न सबै जनालाई ईप्रका ठेलियाको टोलीले नियन्त्रणमा लिएको थियो।

उनीहरु विरुद्ध जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरी म्याद थपका लागि सप्तरी जिल्ला अदालततर्फ पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]