२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

मुख्यमन्त्री यादवको राजीनामा माग्दै इन्जिनियरहरु सडकमा

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

जनकपुरधाम ,३ श्रावण। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।तर ,निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ ।

कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग इन्जिनियरहरुले राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको थियो । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने इन्जिनियर सतिश यादवले बताए ।

मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारासमेत लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]