३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

बर्दिया अस्पतालको दुर्दशा : उपकरण छन्, उपचार छैन

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

बर्दिया,५ साउन। बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ।

यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च गरेको छ तर दक्ष जनशक्तिको अभावमा दुई वर्षअघि नै सञ्चालनमा आउनु पर्ने एचडियु र आइसियु सेवा अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

विभिन्न पालिका तथा अस्पतालले ठुलो रकम खर्च गरेर बनाएको स्वास्थ्य उपकरणसहितको सुविधासम्पन्न पूर्वाधार सञ्चालनमा कहिले आउँछ भन्ने प्रश्नको जवाफ नै छैन बर्दिया अस्पतालसँग। साढे दुई करोडको लगानीमा बनेको अस्पताल भवन र एचडियु तथा आइसियु सेवा दक्ष जनशक्ति अभावले प्रयोगहीन अवस्थामा छन्।

बर्दिया अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवासकुमार पाण्डेले दैनिक सयौँको सङ्ख्यामा उपचार सेवा दिँदै आएको अस्पतालले सधैँ जनशक्ति अभाव झेल्दै आएको बताउनुभयो। नियमित उपचार सेवा प्रदान गर्न नै जनशक्ति अभाव रहेका बेला एचडियु र आइसियु सञ्चालन गर्न सम्भव नरहेको डा. पाण्डेको भनाइ छ। उहाँले समयानुकूल, जनसङ्ख्याको अनुपात र सेवाग्राहीको सङ्ख्या हेरेर राज्यले दक्ष जनशक्ति व्यवस्थापन गर्न सके मात्र नियमित उपचार सेवाका साथै विशेषज्ञसहितको एचडियु र आइसियु सेवा सञ्चालन गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “अस्पतालमा जनशक्ति अभाव भएकाले पूर्ण रूपमा एचडियु र आइसियु कक्ष सञ्चालन गर्न नसके पनि बिरामीको सङ्ख्या बढी हुँदा सो कक्षबाट पनि उपचार सेवा दिँदै आएका छौँ। विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङलगायतका महत्वपूर्ण जनशक्ति उपलब्ध भए नियमित रूपमा एचडियु, आइसियु सेवा सञ्चालन हुन्छ।”

अस्पताल व्यवस्थापक अधिकृत मोविन बोहराले प्रयोगहीन रहेका उपकरण र पूर्वाधार सञ्चालनका लागि तालुकदार मन्त्रालयसँग अनुरोध गरेको जानकारी दिनुभयो। उहाँले एचडियु र आइसियु सेवा सञ्चालन हुन सके बिरामीलाई सहज हुने दाबी गर्नुभयो।

सेवाग्राही बढ्दै, जनशक्ति घट्दै

अस्पतालको तथ्याङ्क अनुसार सेवाग्राहीको चाप बढ्दो छ। आर्थिक वर्ष २०७७/७८ मा ४५ हजार नौ सय जनाले उपचार सेवा लिएका थिए। आव २०७८/७९ मा एक लाख सात हजार ४७८ जना र आव २०७९/८० मा एक लाख पन्ध्र हजार ७१८ जनाले उपचार सेवा लिएका छन्।

पचास शय्याको बर्दिया अस्पतालमा ५९ जना जनशक्तिको दरबन्दी रहेको छ तर अहिले अस्पतालमा २३ जना मात्र कार्यरत रहेका छन्। डा. पाण्डेका अनुसार अस्पतालमा थप सेवा प्रदान गर्न १५/२० जना मेडिकल अधिकृत र ४० जना नर्सिङ स्टाफ आवश्यक रहेको छ।

अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी/इन्डोस्कोपी सेवा, प्रसूति तथा स्त्रीरोग, फिजियोथेरापीलगायतका सेवा प्रदान गर्दै आएको छ। बर्दिया अस्पतालका सूचना अधिकारी द्रोणविक्रम पन्थीले अस्पताल विकास समितिले ६०/७० जना जनशक्ति व्यवस्थापन गरेको भए पनि अस्पतालमा अझै जनशक्तिको अभाव रहेको बताउनुभयो। उहाँले जनशक्ति थप गर्न अस्पतालको स्रोतले नपुग्ने हुँदा प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिए सेवा सञ्चालन गर्न सहज हुने बताउनुभयो।गोरखापत्रबाट लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]