२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

मिर्चैयाका युवा नेता अंजय साह जनमतमा प्रवेश, यस्तो छ उनको विगतको योगदान

Logo
newsmadhesh प्रकाशित शुक्रबार, साउन ०५, २०८०

जनकपुरधाम,५ साउन । मिर्चैयाका युवा नेता अंजय कुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले उनलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टीमा प्रवेश स्वागत गरेका हुन् ।

पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनी केही महिनाअघि मात्र जनता समाजवादी पार्टी, नेपालबाट अलग भएका थिए । जसपामा उनी केन्द्रीय नेता राजकिशोर यादवको निकट भएर काम गरेका थिए ।

यसबीचमा स्वतन्त्र रहेर राजनीतिक गतिविधि गर्दै आएका उनी अन्ततः आज मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीप्रति जनताको आकर्षण देखेर र अध्यक्ष डा. राउतको विचारबाट प्रभावित भएर आफू जनमतमा आएको साहले बताए ।

साह मिर्चैया खानेपानीका निर्वाचित अध्यक्ष पनि हुन् । उनी मिर्चैयाका मेयरसहित विभिन्न पार्टीले खडा गरेका प्यानलहरूलाई भारी मतान्तरले हराउँदै आफू नेतृत्वको सिंगो प्यानलसहित विजयी भएका थिए ।

मधेश आन्दोलनबाट राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनी पछिल्लो समय जनहितका विषयमा मिर्चैयामा निरन्तर संघर्ष र आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]