१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सामुदायिक वन अतिक्रमण गर्ने तीन जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

गोलबजार,५ साउन। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका-१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो।

सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए। सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]