१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

स्वराज आन्दोलनका प्रथम सहिद ‘राममनोहर’को श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फोटो फिचर )

Logo
प्रकाशित आइतबार, भाद्र १५, २०७६

काठमाडौ ।डा सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ।

गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले सहिद राममनिहर यादवको सम्मान तथा सम्झना विभिन्न कार्यक्रम गरिएको छ।

सिरहाको गोलबजारमा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवको नेतृत्वमा ८२ जना रक्तदान गरि श्रद्धाञ्जली कार्यक्रम मनाएको यादवे बताए।

त्यसैगरी काठमाडौँको माइतीघर मण्डलामा विद्यार्थी जनमत संघले श्रद्धाञ्जली सभा सम्पन्न भएको विद्यार्थी नेता विकाश प्रसाद लोधले जानकारी दिएको छ।

लोधका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बबिता इसर,चन्दन सिंह,ई.दिपक साह,ई.राजदेव खर्गा,युवा नेता राजेन्द्र यादव,पि एम माझी ,मन्टु चौधरी ,विद्यार्थी नेता पोषण यादव,नवरत्न यादव लगाइतका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको उनले बताए।

त्यसैगरि धनुषा ,महोत्तरी ,सर्लाही ,रौतहट ,बारा,पर्सा ,बाके ,सप्तरी ,सुनसरी ,झापा,मोरङ ,नवलपरासी लगाइत मधेशका सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा सफलता पुर्वक सम्पन्न भएको पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण मण्डलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]