०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

जनमतले पार्टी कार्यालय र अन्य संरचनामा दाताको नाम राख्ने

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०४, २०८०

जनकपुरधाम,४ साउन । जनमत पार्टीले स्थायी कार्यालय भवनको लागि अक्षयकोषमा सहयोगको अपिल गरेको छ ।

सो पार्टीले कार्यालय भवन र अन्य संरचनामा दाताको नाम राख्ने भन्दै आर्थिक सहयोगको अपिल गरेको हो ।

जनमतका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गरेर आर्थिक सहयोगअनुसार दाताको उचित कदर गरिने जनाएका छन् ।

विज्ञप्तिअनुसार सो पार्टीले पूरै भवन संरचना नै दान भएमा सो भवन दाताकै नामबाट हुनेछ । ३ करोडमाथि दान दिनेको नामबाट सभा र बैठक कक्ष हुनेछन् ।

यस्तै १ करोडमाथि दान दिने दाताको नाममा कक्षहरू रहने र १० लाखमाथि दान दिने दाताको नाम अंकित शिला/स्लेट देखिने गरी राखिनेछ । १ लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिनेछ ‌।

जनमतको केन्द्रीय सचिवालयको बैठकले पार्टीको स्थायी भवन संरचनाको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । सोबमोजिम पार्टीको बैंक खातामा सहयोग राशी जम्मा गर्न पार्टीभित्र वा बाहिरका सम्पूर्ण दाताहरूसँग अनुरोध गरेको छ ।

अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधासहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने सो पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]