०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

जनमत पार्टीले आफ्ना सांसदलाई प्रशिक्षण दिदै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन ०७, २०८०

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण आजदेखि सुरु भएको छ।

काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए।

‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक अवस्था सुदृढीकरणकै रूपमा लिएका छौं।’

उनले यो प्रशिक्षण सोमबारसम्म चल्ने भएको छ।जसमा प्रतिनिधि सभाका ६ जना र प्रदेशका १५ जना सांसद सहभागी रहेको छ।

आइतबार पार्टीका उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपककुमार साहलगायतले प्रशिक्षण दिने कार्यतालिका रहेको छ। प्रशिक्षणलाई पार्टीका अध्यक्ष डा.सीके राउतले पनि सम्बोधन गर्ने कार्यसूची रहेको र यसलाई आगामी निर्वाचनको तयारीसँग जोडिएको प्रवक्ता यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]