२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनमत पार्टीले आफ्ना सांसदलाई प्रशिक्षण दिदै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन ०७, २०८०

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण आजदेखि सुरु भएको छ।

काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए।

‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक अवस्था सुदृढीकरणकै रूपमा लिएका छौं।’

उनले यो प्रशिक्षण सोमबारसम्म चल्ने भएको छ।जसमा प्रतिनिधि सभाका ६ जना र प्रदेशका १५ जना सांसद सहभागी रहेको छ।

आइतबार पार्टीका उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपककुमार साहलगायतले प्रशिक्षण दिने कार्यतालिका रहेको छ। प्रशिक्षणलाई पार्टीका अध्यक्ष डा.सीके राउतले पनि सम्बोधन गर्ने कार्यसूची रहेको र यसलाई आगामी निर्वाचनको तयारीसँग जोडिएको प्रवक्ता यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]