१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

जनमत पार्टीले बोलायो केन्द्रिय समितिको बैठक

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ०९, २०८०

जनकपुरधाम,९ साउन।जनमत पार्टीले केन्द्रिय समितीको बैठक बोलाएको छ।

जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादले विभिन्न समसामयिक विषयमा छ्लफल गर्नको लागि बैठक साउन १८ गतेको बिहिवार विहान ७ बजेको लागि बोलाएको जानकारी दिए।

बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी व्याङक्वेटमा राखिएको जनमत पार्टीले जनाए ।बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिती,राजनैतिक समितीसहित सम्पुर्ण केन्द्रिय समितीको पदाधिकारी तथा सदस्यहरु सहभागी हुने प्रवक्ता डा.यादवले बताए।

बैठकमा सहभागी हुनेहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपी ,मतदाता परिचयपत्रको प्रतिलिपी ,एक प्रती पासपोर्ट साइजको फोटो लिएर आउनुपर्ने पार्टीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]