२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

सर्लाहीमा गुप्तचरका इन्सपेक्टर साह मृत फेला

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १०, २०८०

जनकपुरधाम । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले दुर्घटनामा परेर उनको मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे यर्थाथ बुझ्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]