२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जनमत पार्टीको राष्ट्रिय परिषद बैठक जारी

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १७, २०८०

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसेको छ । बुद्धनगरको क्वालिटि ब्याङ्केटमा परिषद्को बैठक चलिरहेको हो ।

मिसन ८४ अन्तर्गत बोलाएको बैठकमा पार्टी अध्यक्ष राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ ।

वडा तहदेखि प्रशिक्षण सुरु गरेको सो पार्टीले जिल्ला इन्चार्ज, प्रतिनिधिसभा तथा प्रदेशसभा, मधेश प्रदेश समितिको प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समिति बैठकमा प्रशिक्षण दिनुका साथै नयाँ केन्द्रीय सदस्यहरुको परिचयात्मक कार्यक्रम हुने जनमत पार्टीले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]