१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

२० लाख सदस्य बनाउन नेता तथा कार्यकर्तालाई डा.राउतको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन १८, २०८०

काठमाडौं। जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो ।

पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको थियो ।

बुद्ध नगरस्थित क्वालिटी व्याङ्क्विटमा केन्द्रीय समितिको बैठक बस्नुअघि सुरुमा राजनीतिक समितिको बैठक बसेको थियो भने त्यसपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । दुवै बैठकको अध्यक्षता पार्टीका अध्यक्ष डा.सीके राउतले गरेका थिए । २०८४ मा जनमत पार्टीलाई मदेसको पहिलो पार्टी बनाउनु छ, त्यसका लागि निकै मेहनत गर्नुको आवश्यकता छ भन्दै अध्यक्ष राउतले पार्टीमा धेरैभन्दा धेरै नयाँ नयाँ सदस्यलाई जोड्न निर्देशन दिए ।

पार्टीका एक केन्द्रीय सदस्यले जिम्मेवारी लिएर नै कति जना सदस्य थप्न सकिन्छ त्यो तय गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्न निर्देशन दिँदै चुनाव आउँदासम्म २० लाख सदस्य बनाउन उनले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष राउतले पटक पटक समितिका सदस्यहरूलाई सङ्गठनप्रति जिम्मेवार र जबाफदेही हुनका लागि आग्रह गरेका थिए । पछिल्लो समय बढ्दै गएको राजनीतिक चुनौतीको बारेमा पनि उनले बैठकमा चर्चा गरेको सहभागी एक नेताले बताए ।

दुवै समितिको बैठक सकिएको छ, खाना खाएर केन्द्रीय समितिको बैठक बस्ने भएको छ । मिसन ८४ अन्तर्जगत् जनमत पार्टीले विभिन्न तहमा प्रशिक्षण दिँदै आएको छ । वडा तहदेखि सुरु भएको प्रशिक्षण जिल्ला इन्चार्ज, मधेस प्रदेश र लुम्बिनी प्रदेश समितिमा पनि प्रशिक्षण सकिसकेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई समेत धुलिखेलमा लगेर दुई दिनसम्म प्रशिक्षण दिएको थियो । हिजो मात्रै राष्ट्रिय परिषद्को बैठक सम्पन्न गरेको छ । आजदेखि केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]