०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

जसपाका नेता यादव जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २१, २०८०

काठमाडौँ,२१ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाको रौतहट कार्यसमिति सदस्य नेता यादव आजै जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।

सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।

उनले भने, ‘जसपामा बडो उत्साहका साथ टिकट लिएर चुनाव लडेँ, तर त्यही क्षेत्रका नेताहरुले षड्यन्त्रपूर्वक मलाई चुनाव हराउने काम गर्नुभयो, यो कुरा मैले पटक पटक पार्टीमा राखे तर कुनै सुनुवाई भएन ।’

पुराना दलहरुले मधेशका मुद्दा विसर्जन गरेको आरोप लगाउँदै उनले परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढ्नका लागि जनमतलाई रोजेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]