२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

धनुषामा नदीले बगाउदा एक बालकको मृत्यु, तीनजना बेपत्ता

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन २४, २०८०

जनकपुरधाम,२४ साउन । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो।

स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा बाढी आएको छ।

बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए। खोलामा बालक डुबेको खबर पाउनासाथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो।

उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए। यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला र एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन्। कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]