११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

मधेस प्रदेशमा लेखापरीक्षक दोहोरो मानसिकता बोकेर आउँछन्ः अर्थमन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

जनकपुरधाम,२५ साउन । मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् ।

मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए ।

एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।धनुषा/महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय/सचिवालय/आयोग÷प्रतिस्ठान/विभाग/निर्देशनालय/कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरीक्षण, सम्परीक्षण तथा वित्तीय अनुशासन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुदाँ यस्ता किसिमको अपव्याख्याले लेखापरीक्षको प्रतिवदेनमा माथि समेत प्रश्न उठ्ने र विश्वनिशता समेत घट्ने बताए । साथै, मन्त्री यादवले यस किसिमको अभिमुखिकरण तालिमले मधेशमा वित्तीय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]