१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् । शर्मालाई काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यो बेलामा सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

२०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । त्यसपछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]