१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

छोरीलाई विष खुवाएर हत्या प्रयास गर्ने बाबु पक्राउ

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

सुनसरी ,२५ साउन।सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्।

इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्।

प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको छ। बाबुले जबर्जस्ती विष खुवाएर गम्भीर घाइते भएकी छोरीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

इप्रका दुहबीका इन्स्पेक्टर बुद्धिकुमार चौलागाईंका अनुसार मादक पदार्थ सेवन गरी आएका बाबु अर्जुनले मंगलबार साँझ जबर्जस्ती कीटनाशक विषादी खुवाएपछि छोरी राधिका बेहोस भएकी थिइन्। उनलाई छिमेकीहरूले मंगलबार राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

छिमेकीहरूका अनुसार सधैँ रक्सी सेवन गर्ने अर्जुनले मातेको सुरमा घरमा झगडा गर्दै श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गर्थे। कुटपिटबाट जोगिन ठूली छोरी राधिका साथीको घरमा गएर बस्ने गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]