१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

निजी विद्यालयहरूको आन्दोलन स्थगित

आइतबारदेखि पठनपाठन नियमित हुने
Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन २६, २०८०

काठमाडौं,२६ साउन। शिक्षा विधेयकको विरोधमा उत्रिएका निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका हुन् ।

उक्त विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । विद्यालय सञ्चालकहरूसँग शुक्रबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राई लगायतले वार्ता गरेका थिए ।

शुक्रबार सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन रोकिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, एन प्याब्सन र हिसान लगायतको आन्दोलन स्थगित भएसँगै अब आइतबारदेखि शैक्षिक संस्थाहरूमा पठनपाठन नियमित रुपमा हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]