१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

धनुषाको मिथिला विहारी नगरपालिकामा अख्तियारको छापा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

जनकपुरधाम,२८ साउन । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ ।

व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो ।

अख्तियारका अधिकारीहरु करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई भित्र पस्न दिएको छैन् । उनीहरुले उजुरी परेको विषयसंग सबन्धित कागजात कर्मचारीसंग मागेको स्रोतले जनाएको छ ।

नगरपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम, शिपमूलक तालिम, स्ट्रीट लाइट र चापाकल जडान, फर्निचर खरिद, इन्धन तथा सवारी ममर्त लगायतको शिर्षकमा करोडौं भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको छ ।

अख्तियारको टोली छापा मार्न आएको थाहा पाएपछि नेकपा एमालेका स्थानीय नेता धर्मनाथ यादवले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै प्रदर्शन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]