०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

लोसपाका केन्द्रिय सदस्य नेता सिंह जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं ,२९ साउन।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य विकाश सिंह आज जनमत पार्टी प्रवेश गरेका छ्न।

सोमबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय कार्यलयमा एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य विकास सिंहले जनमत पार्टी प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,नेता सिंहलाई पार्टीको सदस्य समेत प्रदान गरेको छ।

जनमत प्रवेश गरेका नेता सिंह बाराको देवताल निवासी हुन।उनलाई अध्यक्ष डा.राउतले पार्टी प्रवेश गरेपछि बधाई तथा सफल कार्यलायको शुभकामनासमेत दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]