१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनकपुरमा भारतिय महावाणिज्य दुतावास खोल्न आवश्यक : अध्यक्ष यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

जनकपुरधाम,२९ साउन।नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि भारतिय महावाणिज्य दूतावास खोल्न आवश्यकता रहेको बताएको छ।

सोमबार जनकपुरधामको रामानन्द चौकस्थित नेपाल भारत मैत्री युवा संघको केन्द्रिय कार्यसमितिले आयोजना गरेको मित्र राष्ट्र भारतको मंगलवार मनाइने ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका अध्यक्ष यादवले यस्तो बताएका हुन।

अध्यक्ष यादवले भारत सरकारसंग तिनवटा माग राखेको छ। उनले पहिलो मांग जनकपुरधाममा भारतिय दुतावासको थप एक काउन्सलर अफिस दोस्रो मांग नेपालको सवारी साधन निशुल्क र सहज रुपमा भारत प्रवेशको अवसर र तेस्रो मांग भारत सरकारले मधेश प्रदेशको प्रदेशसभा आफ्नै गृह नरहेकोले अनुदानमा बनाइदिनसमेत माग गरेका छ्न ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री आदित्यनाथ योगी जीको मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगमन भइसकेकोले यहाँ पर्यटनको चाप अत्यधिक रहेकोले भारतिय दुतावासको काउन्सलर कार्यालय अतिनै आवश्यकता रहेको अध्यक्ष यादवले भने।

सो कार्यक्रममा मधेश प्रदेशका सांसद जंगीलाल राय, शेषनारायण यादव, अन्जना पण्डित, संघका केन्द्रिय सदस्य जिवनाथ चौधरी, पत्रकार श्यामसुन्दर शशी,संघका धनुषा अध्यक्ष बजरंग यादव, उपाध्यक्ष बिष्णुदेव साह, जगदिश महासेठ सहितका वक्ताहरुले पनि नेपाल भारत मित्रताको बर्णन गर्दै दुई देशको सम्बन्ध बिगार्न केही राजनीति दलका नेताहरूले धेरै प्रयास गरेपनि उक्त सम्बन्ध यहाँको जनताले बचाएर राखेको वक्ताहरुको भनाई थियो।

उक्त कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरुकोसमेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]