१४ आषाढ २०८२, आइतबार
29-06-2025 , Sun
×

प्रधानमन्त्री प्रचण्ड असोज ४ गते चीन जाँदै

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौं,३० साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लागेका दाहालले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरूको बैठकको अध्यक्षता गर्नेछन् ।

सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]