१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

जनमत पार्टीद्वारा प्रदेशसभा सदस्यको मूल्यांकन गर्न मतदान

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०२, २०८०

काठमाडौँ । जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ । जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ ।

“सोह्रवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् । साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ”, सचिव साहले भने । पचास प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

“आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो । यसमा फेल हुने सांसदमाथि कारवाही प्रक्रिया सुरु हुनेछ”। सचिव साहले भने– “यो पहिलो वर्ष भएकाले अहिले नै हटाइ हाल्ने त होइन,तर यो मतदानको परिणामले ठूलो महत्व राख्छ ।” जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो ।

यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको सो पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]