२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि जनमतले गरायो मतदान

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०३, २०८०

राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ ।

एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ ।

सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको कार्यशैली मुल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए ।

मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिन्ह लगाउन मतदातालाई भनिएको थियो ।

निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।

जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरि ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]