३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति, आजदेखि संसद् खुल्ने विश्वास

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

काठमाडौं । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो ।

समितिको मोडालिटी तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समितिले सहमतिको मस्यौदा तयार पारेर आज बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताउनुभयो । शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ ।

छलफल सकारात्मक भइरहेकाले आजको बैठकपछि संसद्को गतिरोध हट्ने नेताहरुको विश्वास छ । संसद् खुलाउने वातावरण बनेकाले आजदेखि संसद् खुल्ने अपेक्षा गरिएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि राखिएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल एमालेले ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

सत्ता पक्षले भने उच्चस्तरीय समितिको आवश्यकता नरहेको भन्दै सीआईबीले नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शु भित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]