१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनमतका नेता डा.श्यामबाबु महतोको सहयोगमा मनिकलालले पाए कृतिम खुट्टा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

जनकपुरधाम ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका महासचिव डा.श्यामबाबु महतोको सहयोगमा हठिपुरका मनिकलालले कृतिम कुट्टा पाएपछी उनको जिवनमा खुसियाली छाएको छ।

रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ६ हठीपुर बस्ने मनिक लाल महराले रेल दुर्घटनामा दुवै खुट्टा गुमाएको खवरपछि महासचिव डा. श्यामबाबु महतोले नीजि खर्चमा दुवै खुट्टा बनाईदिएको हो ।

वैदेशिक रोजगारको शिलशिलामा भारतमा रेलको लिकमा चिप्लेर दुबै खुट्टा गुमाएको विपन्न परिवारका महरालाई धेरै अप्ठयारो भएपछि उनलाई जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता डा. महतोले सहयोग गरेका छन् ।

महरालाई गैर आवासीय मधेसी संघका महासचिव डा. महतोले आफनो पहलमा आफ्नै निजि सहयोगवाट धनुषाको लालगढ अस्पतालमा दुबै खुट्टा लगाई सम्पुर्ण अस्पताल खर्च सहयोग गरेका छन् ।

उपचारको क्रममा लागेको सम्पूर्ण खर्च रु ९३ हजार ७ सय ७८ रुपैयाँ डा. महतोले नीजि रुपमा तिरेका छन् । डा. श्यामबाबुले आफैँ उनको जिम्मा लिएर उनको उपचार तथा कृतिम खुट्टा सम्म लागेको सम्पूर्ण खर्च तिरिदिएका हुन् ।

सोमवार अस्पतालबाट महरालाई डिस्चार्ज गराएर गाँउ हठिपुर स्थित प्रसिद्व र आकर्षणको केन्द्र बनेको स्थानिय मगलेश्वर महादेवको मन्दिरमा पुजापाठ गराई महरालाई घर पुरयाउँदा महराको मुहारमा हाँसो थियो । उनी घाइते भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]