०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

धनुषाका  कमलासहित ५ स्थानीय तहले अझै ल्याएनन् बजेट

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

जनकपुरधाम । धनुषाका कमला नगरपालिकासहित पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले अझैं बजेट ल्याउन सकेका छैन।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै नगरसभामा असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पेस गरेको १५ दिनभित्र गाउँसभा/नगरसभा सदस्यहरुको बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप धनुषाका कतिपय स्थानीय तहहरूले असार १० गते अघि नै नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा स्थानीय तहहरूले पेस गरिसकेका छन् भने कतिपयले असार १० गते पेस गरेका थिए। कतिपयले आन्तरिक विवादका कारणले बजेट पेस गर्न सकेका छैनन् ।

धनुषामा १८ वटा स्थानीय तह छन् । जसमध्ये एक उपमहानगरपालिका ११ नगरपालिका र छ वटा गाउँपालिका छन् । जसमध्ये ५ स्थानीय तहले बजेट ल्याउन सकेका छैन ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि कमला नगरपालिका, धनुषाधाम नगरपालिका,मिथिला नगरपालिका,औरही गाँउपालिका र धनौजी गाँउपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन्।

आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]