२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ

आठ वर्ष जेल सजाय हुने
Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगत्तै पक्राउ परेका छन् । पक्राउलगत्तै अदालत पुर्याइएका उनलाई त्यसपछि जेल चलान गरिएको छ ।

दूरसञ्चार व्यवसायी थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बैंकक पुगेका थिए । थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चारमाध्यमका अनुसार उनी मंगलबार बिहान ९ बजे बैंकक पुगेका थिए ।

सिनावात्राले बैंकक आएलगत्तै त्यहाँका राजालाई सम्मान गरेका थिए । त्यसपछि उनलाई प्रहरीको निगरानीमा सर्वोच्च अदालत लगिएको थियो । उनलाई शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधका अभियोग लगाइएको छ । यस घटनालाई थाक्सिनका समर्थकले राजनीतिक प्रतिशोधका रूपमा अथ्र्याएका छन् ।

‘बुबा थाइल्याण्डमा यहाँलाई स्वागत छ,’ उनकी छोरी पइटङटार्न सिनावात्राले आफ्नो इन्टाग्राममा परिवारको तस्बिर राख्दै भनेकी छन्, ‘उहाँ कानुनी प्रक्रियामा प्रवेश गर्नुभयो ।’

अदालतपछि उनलाई बैंकको जेलमा लगिएको थियो । सर्वोच्च अदालतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भनेको छ– उनले आठ वर्षको जेल सजाय भोग्नेछन् ।

सन् २००१ मा ग्रामीण जनतालाई राज्यको सम्भ्रान्त वर्गले बेवास्ता गरेको जस्ता लोकप्रिय अपिल गर्दै थाक्सिन सत्तामा पुगेका थिए । त्यसको पाँच वर्षपछि उनले न्युयोर्कमा संयुक्त राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा सन् २००६ मा थाइल्याण्डको सेनाले सत्ता कब्जा गरेको थियो ।

उनलाई देशको मुस्लिम बाहुल्य रहेको दक्षिणी प्रान्तमा हिंसात्मक द्वन्द्व मच्चाएको र हजारौँको ज्यान लिने लागुऔषध युद्धमा प्रयोग गरेकाजस्ता गम्भीर मानवअधिकार उलंघनका आरोप लगाएर सन् २००८ मा निर्वासनमा पठाइएको थियो ।

सन् २००६ मा कु भएयता थाइल्याण्डमा उनका सर्थकले आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]