०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

मधेस विश्वविद्यालयमै कानुनको कक्षा संचालन हुने

Logo
राम मण्डल प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

वीरगञ्ज । कानुन पढ्न काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। बी एल, एलएलबी पढ्न चाहने विद्यार्थीका लागि अब मधेस विश्वविद्यालयमै पढाइ हुने भएपछि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको हो।

वीरगञ्जमा स्थापित मधेस विश्वविद्यालयले यसै वर्षदेखि कानुन र जनप्रशासनको कक्षा सुरु गर्न लागेको छ। विशेष गरी कानुन संकायमा बिए, एलएलबी पढ्न चाहने विद्यार्थीले अब वीरगञ्जमै उक्त विषय पढ्न सक्ने भएका छन्।

रौतहटका हरिकृष्ण साह कक्षा ११ र १२ मा कानुन विषय लिएर पढेका छन्। उनले कानुनमै थप पढाइ गर्न काठमाडौंको कलेजमा जानुपर्ने भए पनि मधेस विश्वविद्यालयमै भर्ना भएर बीए, एलएलबी गर्न चाहेको बताए।

‘कक्षा ११ र १२ मा कानुन पढ्न काठमाडौं जान्छु भनेर सोचेको थिएँ तर मधेस विश्वविद्यालयमै भर्ना खुल्यो अब यहीँ भर्ना हुन्छु,’ उनले भने।

पर्साको बहुदरमाई नगरपालिका–३ का हरिन्द्रप्रसाद साहले पनि मधेस विश्वविद्यालयमै बीए एलएलबी अध्ययन गर्नका लागि फर्म भरेको बताए।
उनले भविष्यमा कानुन व्यवसायी बन्ने इच्छा भएको तथा आफ्नै जिल्लामा पढ्न पाइने भएकाले मधेस विश्वविद्यालयमा भर्ना हुन लागेको जानकारी दिए।
यस्तै, सखुवा प्रसौनी गाउँपालिकाका जयनारायण सोनारले पनि कक्षा ११ र १२ कानुन विषय लिएर पास गरेपछि अगाडिको पढाइ वीरगञ्जमै गर्न पाएकोमा खुसी व्यक्त गरे।

काठमाडौंको क्याम्पसमा पढ्दा लाग्ने खर्च बचत हुने उनले बताए। ०७९ साल भदौ २२ गते नै वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयले एक वर्षपछि अध्ययन/अध्यापन शुरु गराउने भएको छ। विश्वविद्यालयले अहिले कानुन र जनप्रशासनको कक्षा शुरु गर्न लागेको रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए।

वीरगञ्जस्थित साविक नेसनल ट्रेडिङको भवनमा मधेश विश्वविद्यालय स्थापना भएको हो। स्थापनाको एक वर्षपछि विश्वविद्यालयले कानुन संकायमा १ सय १० र जनप्रशासनमा ५५ जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्ने जनाएको छ।

पर्याप्त भौतिक संरचनाको अभाव रहेको तथा शिक्षाको गुणस्तरीयतालाई ध्यानमा राख्दै हालका लागि कम मात्रामा विद्यार्थी भर्ना लिइरहेको यादवको भनाइ छ।

उनले अहिले नेसनल ट्रेडिङकै भवनमा कानुन र जनप्रशासनको कक्षा सञ्चालन गर्ने जानकारी दिए। मधेस विश्वविद्यालयले विभिन्न संकायको अध्ययन/अध्यापनका लागि भवन निर्माण गर्ने उद्देश्यले पर्साको बहुदरमाई नगरपालिका, पकहा मैनपुर गाउँपालिकालगायत स्थानमा जग्गा प्राप्त गरिसकेको छ। यस्तै, विद्यार्थी ओसार पसारका लागि प्रदेश सरकारबाट दुई वटा बससमेत विश्व विद्यालयले प्राप्त गरिसकेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]